दाङमा ठूलो संख्यामा नेता कार्यकर्ताले नेकपा त्यागेर बागीलाई समर्थन

डिसी नेपाल
१२ फागुन २०८२ १२:११
3.7k
Shares

काठमाडौं । दाङ क्षेत्र नम्बर १ मा ठूलो संख्यामा नेपाली कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । करिब ४ दर्जन नेता कार्यकर्ताले पार्टी परित्याग गरेर आफ्नै पार्टीले कारवाही गरेका बागी उम्मेदवारलाई समर्थन गरेका हुन् ।

यहाँ नेकपाबाट मेटमणि चौधरी उम्मेदवार छन् । पार्टी परित्याग गरेकाहरूले स्वतन्त्र उम्मेदवार एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलबहादुर केसी (सोनाम)लाई समर्थन गरेको घोषणा गरेका छन् । केसी नेकपाका बागी उम्मेदवार हुन् ।

पार्टीको आधिकारिक उम्मेदवार चौधरीको साटो स्वतन्त्र उम्मेदवार केसीलाई सहयोग गरेको भन्दै नेकपाले धमाधम कारबाही शुरू गरेपछि पूर्वमाओवादी खेमाका नेता–कार्यकर्ताहरूले आज देउखुरीको मौरीघाटमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.