कर्णालीमा निर्वाचन सुरक्षा : विमानस्थल र कारागारको सुरक्षा जिम्मा सेनाले लियो
सुर्खेत। आसन्न फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। आवश्यक निर्वाचन सामग्रीहरू जिल्लाहरूमा पुर्याइसकिएको छ भने सुरक्षाका लागि १५ हजारभन्दा बढी सुरक्षा व्यवस्था कडाइ गरिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले १० वटै जिल्लामा निर्वाचन सामग्री पुगिसकेको बताए।
जिल्ला सदरमुकामबाट मतदान स्थलहरूसम्म निर्वाचन सामाग्री पुर्याउने काम भइरहेको उनले बताए। निर्वाचनका लागि प्रदेशभर ५ हजार ५८० नेपाल प्रहरी र ९ हजार ७४२ निर्वाचन प्रहरी गरी १५ हजार ३२२ सुरक्षाकर्मीहरु खटिएका छन्।
कर्णालीमा रहेका सुर्खेत, रुकुम, डोल्पा, मुगु, जुम्ला र हुम्ला जिल्लामा रहेका ६ वटा विमानस्थल र ९ वटा कारागारको सुरक्षामा नेपाली सेना खटिएको छ।
हिमाली जिल्लाका दुर्गम भेगमा रहेका मतदान स्थलहरूमा निर्वाचन सामग्रीदेखि मतदान पश्चात् मतपत्र संकलनको काममा हेलिकप्टर परिचालन गरिने उनले बताए।
नेपाली सेनाले नियमित गस्ती गर्ने काम गरिरहेको र भौगोलिक रूपमा विकट स्थानमा रहेका र सडक सञ्जाल नपुगेका ठाउँमा घोडाको प्रयोग गरिएको छ।
१० लाख ३७ हजार २५० जना मतदाता रहेको कर्णालीमा नौ सय ४१ मतदान स्थलमा एक हजार चार सय ३७ मतदान केन्द्रहरू रहेका छन्।







डिसी नेपाल







Facebook Comment