राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्छौँ: महामन्त्री पौडेल

डिसी नेपाल
१६ फागुन २०८२ १८:३५
12
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिभित्रको विकृति सफा गरेर अघि बढ्ने बताएका छन्।

कांग्रेसका तर्फबाट काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका महामन्त्री पौडेलले आज यहाँ आयोजित कार्यक्रममा राजनीतिभित्र देखिएका तमाम विकृति सफा गरेर अगाडि बढ्ने सङ्कल्पसहित पार्टी अगाडि बढिसकेको बताए।

महामन्त्री पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताए। ‘पार्टीभित्र रुपान्तरणको सुरुआत भएको छ । यसले देशभर उत्साह थपिएको छ । यो उत्साहलाई देश रूपान्तरण गर्ने प्रक्रियामा जोड्छौँ । देशमा रहेका समस्या समाधानका लागि नयाँ ढङ्गले अगाडि बढ्छौँ’, उनले भने।

महामन्त्री पौडेलले देशैभरका कांग्रेसका कार्यकर्ताहरुलाई रूपान्तरणको सन्देश र देश विकासको दृष्टिकोण लिएर मतदातामाझ पुग्न आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.