निर्वाचनका लागि देशभर पूर्णरुपमा सुरक्षाको प्रत्याभूत छ : गृहमन्त्री अर्याल

डिसी नेपाल
२० फागुन २०८२ १५:१८
16
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरि नै पूर्णरूपमा सुरक्षाको प्रत्याभूत गराइएको बताएका छन्।

बुधबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले निर्वाचनका लागि एकीकृत सुरक्षा योजना पारित गरेर त्यसैका आधारमा सुरक्षा संयन्त्रहरू परिचालन गरिएको भन्दै देशभरि नै पूर्णरूपमा सुरक्षाको प्रत्याभूत गराइएको बताएका हुन्।

उनले मतदान भइसकेपछि सुरक्षित रुपमा छिटो भन्दा छिटो मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने जानकारी दिए।

मतपेटिकाहरु ल्याउँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कटिङ गर्ने भन्दै उनले असुरक्षाको महशुस भए सेनाको गाडीले पनि स्कटिङ गर्न सक्ने उल्लेख गरे।

निर्वाचनका क्रममा अराजक गतिविधि देखिए तत्काल नियन्त्रणमा लिएर कानूनी कारबाही गर्ने उहाले स्पष्ट पार्नुभयो। गृहमन्त्री अर्यालले वर्तमान अन्तरिम सरकारले गराउने निर्वाचन पहिले भन्दा पनि सुदृढ, स्वच्छ र धाँधलीरहित हुने बताए।

सरकारले भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गरेकाले मतदानमा सहभागी हुने उनले मतदातालाई अनुरोध समेत गरे। उनले अहिलेको निर्वाचनले राजनीतिक सुशासन कायम गर्नका लागि फड्को मार्ने अपेक्षा रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.