तार्केश्वर नगरपालिकाको मतदान स्थल अनुगमनमा पुगे गृहमन्त्री
काठमाडौं। गृहमन्त्री ओम प्रकाश अर्यालले काठमाडौं तार्केश्वर नगरपालिका अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ को मतदान स्थलको अनुगमन गरेका छन्।
बुधबार गरिएको अनुगमनका क्रममा मतदान केन्द्रको सुरक्षा व्यवस्था, मतदाताको सहज आवागमन तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका हुन्।
अनुगमनमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललगायत सुरक्षा निकायका अधिकारीहरू सहभागी थिए।
त्यसक्रममा गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै निकाय सतर्क रहन निर्देशन समेत दिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment