दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

डिसी नेपाल
२० फागुन २०८२ १७:२२
32
Shares

काठमाडौं। संयुक्त राष्ट्रसंघको शान्ति स्थापना अभियानअन्तर्गत दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ।

दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघीय मिसन अन्तर्गत कार्यरत श्री चण्डीप्रसाद गण (शान्ति सेना) एघारौं डफ्फालाई बदली गर्न श्री गरुड दल गण (शा.से.) एफआरबी १२औं डफ्फाका १६५ जना नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

त्यस्तै, सोही मिसनमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका १६५ जना नेपाली शान्ति सैनिकहरू आजै स्वदेश फर्किएका छन्।

हाल दक्षिण सुडानस्थित उक्त मिसनमा नेपाली सेनाका कुल १,०७८ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन्। नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा निरन्तर योगदान दिँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.