दिउँसो १ बजेसम्म साढे ४४ लाखभन्दा बढी मत खस्यो
काठमाडौं। निवर्चान आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार जारी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म देशभरका मतदान केन्द्रमा ४४ लाख ५५ हजारभन्दा बढी मत खसेको छ।
आयोगका अनुसार देशभर रहेका १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये करिब २४ प्रतिशत मत खसेको छ। मतदान बिहान ७ बजेदेखि सुरु भई देशभर शान्तिपूर्ण रूपमा जारी रहेको आयोगले जनाएको छ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा करिब २३ प्रतिशत, मधेश प्रदेशमा २० प्रतिशत, बागमती प्रदेशमा १९ प्रतिशत, गण्डकी प्रदेशमा २१ प्रतिशत, लुम्बिनी प्रदेशमा २६ प्रतिशत र कर्णाली प्रदेशमा करिब ३१ प्रतिशत मत खसेको आयोगको तथ्यांकमा उल्लेख छ।
उपत्यकाभित्रका तीन जिल्लामा भने करिब ३६ प्रतिशत मतदान भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न मतदान केन्द्रमा मतदाता बिहानैदेखि लामबद्ध भएर मतदान गरिरहेका छन्।
आयोगका अनुसार हालसम्म मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ र मुख्य कुनै अप्रिय घटना नघटेको जानकारी पनि दिएको छ। आयोगले मतदातालाई बेलुकी ५ बजेसम्म निर्धक्क भएर आफ्नो मतदान अधिकार प्रयोग गर्न आग्रह गरेको छ।







डिसी नेपाल







Facebook Comment