परिवर्तनको आशा बोकेर मतदान

डिसी नेपाल
२१ फागुन २०८२ १५:३५
20
Shares

काठमाडौं। डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर फर्कँदै गर्नुभएकी ९० वर्षीया शान्ता रेग्मीले जीवनमा कति पटक मतदान गर्नुभयो भन्ने ठ्याक्कै सम्झना छैन।

एउटै कुराको सम्झना भने उहाँलाई स्पष्ट छ, विगतका चुनावमा मत दिएका धेरै नेताहरू जितेर गए, तर अधिकांशले जनतासँग गरेका वाचा पूरा गर्न सकेनन्। कतिपय त फर्केर पनि आएनन्। ‘अब त हामी डाँडापारिको घाम जस्तै भइसक्यौँ,’ उनले भने, ‘हामीले दुःख पाए पनि हाम्रो नातिनातिना र छोराछोरीले दुःख नपाउन् भन्ने चाहना छ।’

उनकी नातिनी विदेशमा छिन्। रेग्मीलाई लाग्छ देशमै रोजगारीको राम्रो वातावरण भइदिए युवापुस्ता विदेश जान बाध्य हुने थिएनन्। ‘देशमै काम पाइयो भने किन विदेश बस्नुपथ्र्यो र ?,’ उनी प्रश्न गर्छन्।

डिल्लीबजारकै अर्का मतदाता गोकुल धितालले भने विगतलाई पूर्ण रूपमा निराशाजनक रुपमा लिएका छैनन्। उनी देशमा केही काम भएको मान्नुहुन्छ, तर जनताको अपेक्षाअनुसार पर्याप्त भने हुन सकेको छैन।

‘धेरै पटक मतदान गरियो। विगतमा केही पनि भएन भन्न मिल्दैन,’ उनी भन्छन्, ‘तर हाम्रो अपेक्षा जति छ, त्यति काम भएन।’ उनको विचारमा अहिलेको प्रमुख आवश्यकता सुशासन र रोजगारी हो।

नयाँ पुस्ता, विशेषगरी ‘जेनजी’ को अपेक्षा सम्बोधन गर्नुपर्नेमा उनको जोड रहेको छ। ‘युवाको विश्वास जित्न सके मात्रै देशको भविष्य बलियो हुन्छ,’ उनले भने। आज जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन भइरहेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.