हेटौंडामा अनुमती बिना चलाइएका १९० सवारीसाधन नियन्त्रणमा

डिसी नेपाल
२१ फागुन २०८२ १६:०४
80
Shares

हेटौंडा। मकवानपुरमा सवारी साधन अनुगमनलाई कडाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले विभिन्न स्थानमा जाँच गर्दा १९० वटा सवारी साधनमाथि कारबाही गरेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सवारी दर्ता कागजात, सवारी अनुमति पत्र (लाइसेन्स) तथा आवश्यक कागजात नभएका मोटरसाइकल, स्कुटर र अटो लगायतका सवारी साधनलाई कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए।

अनुगमन टोलीको नेतृत्व प्रमुख जिल्ला अधिकारी अधिकारीले गरेका थिए। टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्री, सशस्त्र प्रहरी बल १४ नम्बर बाहिनी हेटौँडाका प्रहरी उपरीक्षक नवीन खड्का तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रशासनले सवारी नियम पालना गर्न र आवश्यक कागजात साथमै राख्न चालकहरूलाई आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.