शान्तिपूर्ण निर्वाचन गराएकोमा प्रचण्डले दिए सरकारलाई धन्यवाद

डिसी नेपाल
२१ फागुन २०८२ १८:१९

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिपूर्ण ढंगले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सफल भएको भन्दै धन्यवाद व्यक्त गरेका छन्।

उनले यो निर्वाचनले जटील राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान मद्दत गरेको बताएका छन्।

प्रचण्डले समाजिक सञ्जालमा लेख्दै नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दलहरू, नागरिक समाज तथा सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनका अनुसार मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले देशको लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाएको छ।

उनले आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.