ललितपुरमा ६८.३३ प्रतिशत मत खस्यो

डिसी नेपाल
२१ फागुन २०८२ १९:४५
32
Shares

ललितपुर। ललितपुरमा हालसम्मको मतदान विवरण सार्वजनिक भएको छ। ललितपुरमा कुल ६८.३३ प्रतिशत मतदान भएको छ।

क्षेत्र नं १ मा कुल ५२,६३२ मतदाता मध्ये २५,७४१ महिला र २६,८९१ पुरुषले मतदान गरेका छन्।

क्षेत्र नं २ मा ६१,९७५ मतदाता मध्ये ३१,०३५ महिला र ३०,९४० पुरुषले मतदान गरेका छन्।

क्षेत्र नं ३ मा ६९,३९१ मतदाता मध्ये ३५,०५५ महिला र ३४,३३६ पुरुषले मतदान गरेका छन्।

निर्वाचन अधिकृतहरूले मतदान प्रक्रिया सुरक्षित, पारदर्शी र व्यवस्थित रूपमा भएको जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.