चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी

डिसी नेपाल
२३ फागुन २०८२ ७:५०
3.8k
Shares

काठमाडाैं। चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्। उनी यसअघिका भन्दा धेरै मत लिएर वियजी भएका हुन्। शनिबार प्राप्त मत परिणाममा उनले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा जम्मा मत ८७ हजार ०२८ मत गणना भएको थियो। लामिछानेका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन्।

लामिछाने र खरेलबीचको मतान्तर ३९ हजार ८३८ छ। चितवन-२ मा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२, नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मत प्राप्त गरेका छन्।

लामिछाने २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट ३४ हजार २ सय ८१ मतान्तरसहित निर्वाचित भएका थिए। त्यतिखेर उनका निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसका उमेश श्रेष्ठ थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.