इरान आक्रमणमा ज्यान गुमाएका श्रेष्ठको शव नेपाल ल्याइयो

डिसी नेपाल
२३ फागुन २०८२ २०:१३
176
Shares

गोरखा । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा इरानको आक्रमणमा परी ज्यान गुमाएका गोरखाको भीमसेन थापा गाउँपालिका-७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको शव आज नेपाल ल्याएर अन्येष्टी गरिएको छ। नेपाली दूतावास अबुधाबीको पहलमा एयर अरेबियाको उडानमार्फत श्रेष्ठको शव नेपाल ल्याइएको हो।

मृतकको शव पशुपति आर्यघाटमा आजै अत्येष्टी गरिएको भीमसेन थापा-७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो। उनन्तिस वर्षीय श्रेष्ठको अबुधाबीस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा परी गएको आइतबार निधन भएको थियो।

अबुधाबीमा रहेको मिडिल इष्ट कम्पनीमा सुरक्षागार्डका रूपमा कार्यरत श्रेष्ठ तीनवर्ष अघि वैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ गएका थिए। गत असोजमा नेपाल आएर उनी पुनःदुबई फर्किएका थिए। मृतक श्रेष्ठको बुवा, आमा र एक बहिनी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.