१९ पटक मन्त्री भएका शरतसिंह भण्डारी पराजित

डिसी नेपाल
२३ फागुन २०८२ २२:१०
344
Shares

काठमाडौं । महोत्तरी-२ बाट जनता समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारीलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार दीपककुमार साह निर्वाचित भएका छन्।

साह १९ पटक मन्त्री बनेका भण्डारीलाई पराजित गर्न सफल भएका हुन्। उनी ३२ हजार ७२२ मतका साथ निर्वाचित हुँदा भण्डारीले १० हजार १९८ मत ल्याए।

नेपाली कांग्रेसकी किरण यादवले ९ हजार ७४५ मत ल्याउँदा एमालेका कासिम नदाफले ३ हजार ५२४ मत ल्याए। नेकपाका लक्ष्मणकुमार यादवले ७३७ मत र जनमत पार्टीका जयकुमार पाण्डेयले ४६३ मत ल्याए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.