सुनसरी–१ मा हर्कको अग्रता कायमै
सुनसरी । सुनसरी–१ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले मतान्तर फराकिलो बनाउँदै लगेका छन्।
साम्पाङ १८ हजार ३३२ मत प्राप्त गर्दै अगाडि बढ्दा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी सरिन तामाङले ११ हजार ९०८ मत ल्याएकी छन्। साम्पाङले ६ हजार ६२४ मतका साथ अग्रता कायम गरेका हुन्।
यस्तै, नेकपाका मनोज भट्टराई दुई हजार ८४३ मतका साथ प्रतिस्पर्धामा छन्। एमालेका टीकाराम लिम्बू दुई हजार ६६० मतका साथ प्रतिस्पर्धामा हुँदा कांग्रेसका सुजेन्द्र गोलेले एक हजार ८८० मत प्राप्त गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment