दोलखामा ३२ हजार बढी मतसहित रास्वपाका जगदीश खरेल विजयी
दोलखा। दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ३२ हज़ार ३ सय ७६ मत प्राप्त गरी बिजयी भएका छन्।
उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका पार्वत गुरुङले १७ हजार ४ सय ४९ मत प्राप्त गरे। खरेलले १४ हज़ार ९ सय २७ मत अन्तरले गुरुङलाई पराजित गरेका हुन्।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बिशाल खड़काले १३ हज़ार ६५ मत प्राप्त गरी तेस्रो भए। नेपाली कांग्रेसका अजयबाबु शिवकोटीले १२ हज़ार २ सय ९८ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment