विश्वकपको उपाधि जित्न भारतद्वारा न्युजिल्यान्डलाई २५६ रनको लक्ष्य

डिसी नेपाल
२४ फागुन २०८२ २१:४८
32
Shares

काठमाडौं। भारतले आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जित्न न्युजिल्यान्डलाई २५६ रनको चुनौती दिएको छ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २५५ रनको योगफल बनाएको हो। भारतका लागि सञ्जु सैमसनले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा पाँच चौका र आठ छक्कासहित सर्वाधिक ८९ रन बनाए।

त्यस्तै, अभिषेक शर्माले २१ बलमा ५२ रन जोडे भने इशान किशनले २५ बलमा ५४ रन बनाए। त्यस्तै, हार्दिक पाण्ड्याले १३ बलमा १८ रन बनाए। कप्तान सूर्यकुमार यादव एक बलमै आउट भए। अन्त्यतिर शिवम दुबेले आठ बलमा २६ रन बनाए भने तिलक बर्मा आठ रनमा अविजित रहे।

बलिङतर्फ न्युजिल्यान्डका लागि जेम्स निशमले तीन विकेट लिए। त्यस्तै, म्याट हेनरी र रचिन रवीन्द्रले समान एक–एक विकेट लिए। अब विश्वकपको उपाधि जित्न न्युजिल्यान्डले २० ओभरमा २५६ रन बनाउनुपर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.