सुनसरी–४ मा रास्वपाका दीपककुमार साह विजयी

डिसी नेपाल
२४ फागुन २०८२ २३:०९
44
Shares

धरान । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदुवार दीपककुमार साह विजयी भएका छन्। उनले ४२ हजार ७७१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिए।

नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १६ हजार ५८७ मत प्राप्त गरे। त्यस्तै नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का उम्मेदवार जगदिशप्रसाद कुसियैतल आठ हजार ६३१ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महमद महफुज अन्सारीले तीन हजार ४३२ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १७ र स्वतन्त्रका १६ जनासहित ३३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। हरिनगरा, भोक्राहा, बराहक्षेत्र, कोशी गाउँपालिका, इनरुवा, इनरुवा, बर्जु, दुहबी, गढीगरी ३२ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ३७ हजार ३४० मतदातामध्ये ८५ हजार ५४६ मत खसेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.