अमरेश सिंहको गगन थापालाई आग्रह: भ्रष्टको साथ छोडेर स्वच्छ राजनीति गरौं

डिसी नेपाल
२५ फागुन २०८२ ७:४२
140
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले कांग्रेस सभापति गगन थापालाई स्वच्छ राजनीति गर्न आग्रह गरेका छन्।

गगन थापालाई सामाजिक सञ्जालमार्फत खुला पत्र लेख्दै उनले सर्लाहीमा आएर चुनाव लडेकोमा धन्यवाद दिँदै उनले गगन भ्रष्टहरुद्वारा आयातित उम्मेदवार भएको आरोप लगाए।

भ्रष्टहरुलाई नै आफू विरुद्ध र परिवारिक जीवनमाथी आफुखुसी टिप्पणी गर्न लगाएको पनि उनको आरोप छ।

‘सबैभन्दा पहिला तपाईंलाई धन्यवाद दिन चाहन्छु कि तपाईंले सर्लाहीमा आएर चुनाव लडनु भो। तपाईं आफै आएको भए चुनाव रोचक हुने थियो तर तपाईं भ्रष्टहरु द्वारा आयातित उम्मेदवार हुनुभयो। त्यतिमात्र हैन ती भ्रष्टहरु लाई नै म विरुद्ध मेरो निजि र परिवारिक जीवनमाथी आफुखुसी टिप्पणी गर्न लगाउनुभयो खैर त्यसले केही फरक त परेन तर राजनीति भनेको सिद्धान्त र एजेन्डामा हुनुपर्छ भन्ने मेरो विश्वास छ’उनले लेखेका छन्।

त्यस्तै उनले अब चुनावको तिता कुरा छोडेर अब देश निर्माणमा रास्वपा अगाडी बढिसकेको भन्दै अब भ्रष्टहरु लाई ठेगान लगाउने जनमत रास्वपाले पाएको दाबी गरे।

थापालाई पनि ती भ्रष्टहरु को साथ छोडेर स्वच्छ राजनीति उनले आग्रह गरे। गगनले कांग्रेस परिवर्तन गर्न खोजेपनि आफू परिवर्तन हुन नसकेको उनको आरोप छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.