श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
धनगढी। आफ्नै श्रीमती ३० वर्षीया सरस्वती अबस्थी जोशीको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-७ देवरीया बस्ने ३५ वर्षीय डम्मर राज जोशीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।
डम्मर राजले शनिबार राति धारिलो हतियार प्रहार गर्दा सरस्वतीको घटनास्थलमै मृत्यु भएको थियो। वारदात स्थानबाटै फरार भएका डम्मर राजलाई प्रहरी चौकी ढकेरी शम्सेरगंज बाँकेबाट खटिएको प्रहरीले बांके राप्ती सोनारी गाउँपालिका-८ ओभरीबाट पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment