उपत्यकामा प्रदूषणको अवस्था अझै केही दिन कायम रहने
काठमाडाैं। काठमाडाैं उपत्यकामा प्रदूषणको अवस्था अझै केही दिन कायमै रहने सम्भावना रहेको छ।
तत्काल उपत्यकामा ठूलो बर्षा हुने अवस्था नरहेकाले वायुमण्डलमा रहेको प्रदूषणको अवस्था अझै केहि दिन कायमै रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद् विभूति पोखरेलले आगामी तीन दिनसम्म अहिलेकै अवस्था रहनेदेखिएको र त्यसपछि क्रमश मौसममा सुधार हुने जानकारी दिइन्। उनले आगामी दिन देशभर मौसम बदली हुने देखिएको उल्लेख गरिन्।
कोशी, बागमती, मधेश, र लुम्बिनी प्रदेशमा केही स्थानमा हल्का बर्षाको सम्भावना रहेको उनले जानकारी दिइन्। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा लुम्बिनी प्रदेशको तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना बिभागले जनाएको छ।
काठमाडाैं उपत्यकासहित देशका केही शहरहरूमा वायु प्रदुषण अत्यधिक बढेसँगै स्वास्थ्य मन्त्रालयले मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल समेत गरिसकेको छ।







डिसी नेपाल







Facebook Comment