सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै

डिसी नेपाल
२८ फागुन २०८२ २१:०५
12
Shares

कैलाली। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ। गर्मीयामको समय र यो साता प्रदूषण बढेकाले अस्पतालमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको हो।

अस्पतालका सूचना अधिकारी तथा मेडिकल रेकर्डर किशोरप्रसाद श्रेष्ठका अनुसार अस्पतालमा सेवा लिने बिरामीको सङ्ख्या दैनिक एक हजार ८०० सम्म पुगेको छ। प्रदूषणका बढेकाले अनावश्यक बाहिर ननिस्किन अस्पतालले अनुरोध गरेको छ। सूचना अधिकारी श्रेष्ठका अनुसार आकस्मिक कक्षमा बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको छ।

अस्पतलाको ओपिडी, डाइलासिस, बिमामा सेवा लिने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। सूचना अधिकारी श्रेष्ठले अझै बिरामीको सङ्ख्या बढ्न सक्ने बताउनुभयो। यसका लागि आवश्यक व्यवस्थापन गर्न अस्पताल व्यवस्थापन लागि परेको उहाँले बताउनुभयो। सीमित स्रोतसाधनको बावजुत अस्पतालले गुणस्तरिय सेवा प्रदान गर्दै आएको छ।

सेती प्रादेशिक अस्पतालमा कैलाली, कञ्चनपुरलगायत सुदूरका पहाडी जिल्लाबाट नागरिक उपचार गर्न आउने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.