ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

डिसी नेपाल
२९ फागुन २०८२ १०:४६
80
Shares

मकवानपुर। हेटौंडा-नारायणगढ सडकअन्तर्गत हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौंडातर्फ आइरहेको कन्टेनर र हेटौंडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक्किँदा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका-१५ पिपराभिट्टाका गोविन्द चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौंडास्थित चुरेहिल अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.