सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
२९ फागुन २०८२ ११:००
4.3k
Shares

काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम रहेको छ।

बिहीबार सुनको मूल्य ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदी २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँ रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.