भारतबाट एलपी ग्यास आयातमा कुनै समस्या छैन : आयल निगम

डिसी नेपाल
२९ फागुन २०८२ १६:१२
60
Shares

काठमाडौं । नेपाल आयल निगमले नेपालमा भारतबाट एलपी ग्यास आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अहिलेसम्म माग अनुसार नै भारतबाट ग्यास आपूर्ति भइरहेकाले आपूर्तिमा कुनै समस्या नरहेको जानकारी दिए । अभाव हुने हल्लाका कारण अनावश्यक रुपमा ग्यासको सञ्चिति बढाएका कारण अहिले बजारमा ग्यास अभावजस्तो देखिएको उनले बताए।

उनले अहिले बजारमा देखिएको कृत्रिम अभावलाई समाधान गर्दै ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन आधा ग्यास सिलिन्डर बिक्रिबितरण गर्न सुरु गरिएको बताए।

नेपालमा प्रयाप्त रुपमा ग्यास आपूर्ति भइरहेकाले अनावश्यक भण्डारण नगर्न उहाले आम उपभोक्तालाई आग्रहसमेत गरे। प्रवक्ता ठाकुरले आजको दिनसम्म मागको शतप्रतिशत ग्यास आपूर्ति भएपनि भोलीको दिनमा के हुन्छ भन्ने स्पष्ट हुन नसकेको बताए।

उनले डिजेल र पेट्रोलको हकमा १५–१५ दिनमा नयाँ मूल्यसूची आउने भए पनि हवाई इन्धन र एलपि ग्यासको हकमा एक महिनामा नयाँ मूल्यसूची आउने भएकाले नयाँ सूची प्राप्त भए पनि ग्यासमा बृद्धि भएको मूल्य यकिन हुने उल्लेख गरे। त्यसपछि मात्रै ग्यासको मूल्य समायोजन हुने वा नहुने भन्ने आवश्यक निर्णय हुने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.