अपाङ्गता तथा महिलामैत्री पूर्वाधार बनाउन निर्देशन

डिसी नेपाल
२९ फागुन २०८२ २१:०१
36
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक पूर्वाधारलाई अपाङ्गतामैत्री तथा महिलामैत्री बनाउन निर्देशन दिएकी छन्।

आज सानो गौचरन रङ्गशाला र स्केट बोर्ड पार्कको अनुगमनका क्रममा उनले उक्त निर्देशन दिएकी हुन्। अनुगमन समितिका संयोजकसमेत रहनुभएकी डङ्गोलले सार्वजनिक पूर्वाधार निर्माणको डिजाइनबाट अपाङ्गता भएका व्यक्ति र महिलाको पहुँचलाई ध्यान दिनुपर्ने बताइन्।

सानो गौचरन रङ्गशालामा अपाङ्गता भएका व्यक्तिहरूका लागि संरचना नदेखेपछि उनले भनिन्, “लिफ्ट राखेर अपाङ्गता भएका व्यक्तिहरूलाई प्यारापिटसम्म पुग्ने वातावरण बनाउनुहोला।” हालसम्म रङ्गशालाको ७५ प्रतिशत भौतिक प्रगति र ६८ प्रतिशत वित्तीय प्रगति भएको छ।

सो रङ्गशाला निर्माण रु १८ करोड ८६ लाख ७४ हजार ८२७ मा शुभ कन्स्ट्रक्सनले पुनःनिर्माण गरिरहेको छ। रङ्गशाला रु १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा फैलिएको छ। रङ्गशालाको दर्शक क्षमता एक हजार ५०० जनाको छ। ९६ दशमलव ६२ मिटरको खेलमैदान हुनेछ।

आगामी चैत मसान्तभित्र रङ्गशाला निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ। तीन हजार ७६० वर्गमिटर क्षेत्रफलमा स्केट बोर्ड पार्क निर्माण हुँदैछ। यससँगै बास्केटबल कोर्ट, भलिबल कोर्ट र एम्पिथिएटर निर्माण हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.