राप्रपाले छान्यो समानुपातिक तर्फका चार सांसद

डिसी नेपाल
१ चैत २०८२ १५:५८
1.7k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फका चार सांसद छनोट गरेको छ।

आइतबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक प्रणालीमा चार सिटका लागि सांसद सिफारिस गर्ने निर्णय गरेको छ।

बैठकले बन्दसूचीमा रहेकामध्ये चारजनालाई सांसदका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। सिफारिस हुनेमा भरत गिरी (खस आर्य पुरुष), महोत्तरी, ताहिर अली (मुस्लिम पुरुष), रुपन्देही, खुस्बु ओली (खस आर्य महिला), झापा र सरस्वती लामा (जनजाति महिला), धादिङ रहेका छन्।

राप्रपाले समानुपातिक समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी नाम सिफारिस गरिएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.