कांग्रेस नेता भन्छन्- रास्वपाको सफलता अनपेक्षित

डिसी नेपाल
२ चैत २०८२ १७:४५
32
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले निर्वाचनमा रास्वपाले अनपेक्षित सफलता हात पारेको बताएका छन्।

रिपोटर्स क्लव नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा विश्वकर्माले कांग्रेस, एमाले र नेकपाले सोचेको भन्दा कम ल्याएको र रास्वपाले अनपेक्षित सफलता हात पारेको बताए।

रास्वपाले भ्रष्टाचार अन्त्य गर्छु भनेर भनेको स्मरण गराउँदै उहाले अब भ्रष्टाचार अन्त्य गर्नुपर्ने धारणा राखे। त्यस्तै विश्वकर्माले कांग्रेस नफुटेको जिकिर गर्दै अहिले पार्टीको आधिकारिकता कसको भन्ने कुरो अदालतले टुँगो लगाउने धारणा राखे।

आफूहरूले विशेष महाधिवेशनलाई स्वीकार नरहेको र निर्वाचनका लागि मात्रै सहकार्य गरेको उनको भनाइ छ।

उनले पार्टी विवादका बिषयमा अदालतबाट आउने फैसलालाई सम्मान गर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.