रास्वपाको दुई दिने सांसद अभिमुखीकरण, मोबाइल निषेध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। मंगलबार र बुधबार ललितपुरको होटल रोयल टुलिप, ग्वार्कोमा सांसदहरूको अभिमुखीकरण हुने रास्वपाले जनाएको छ।
पार्टी प्रवक्ता कविन्द्र बुर्लाकोटीका अनुसार कार्यक्रममा सहभागी हुने सांसदहरूका लागि ७ बुँदे निर्देशनसमेत जारी गरिएको छ।
कार्यक्रममा सहभागी हुने सांसदले कार्यक्रम स्थलमा मोबाइल लैजान पाउने छैनन्। कार्यक्रम स्थलमा अन्य व्यक्ति वा पाहुना उपस्थित हुन पाउने छैनन्। परिवारका सदस्य, साथी वा अन्यलाई पनि कार्यक्रम भएको होटलमा नबोलाउन रास्वपाले निर्देशन दिएको छ।
सांसदहरूले कार्यक्रम स्थलमा परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट र फोटो खिच्नसमेत पाइने छैन।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment