रास्वपाको अभिमुखीकरण कार्यक्रममा सांसदलाई के सिकाइन्छ?

डिसी नेपाल
३ चैत २०८२ १४:४५
84
Shares

काटमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ। ललितपुरमा मंगलबारदेखि सुरु अभिमुखीकरणमा संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी लगाएतका बिषयमा प्रशिक्षित गराइने रास्वपाले जनाएको छ।

संसदको संरचना तथा कार्यप्रणाली सांसदका अधिकार र जिम्मेवारी, देशको वर्तमान अवस्था र पार्टीका प्रतिवद्धता, कानून निर्माण प्रक्रियामा सांसदहरुको भूमिकाका बिषयमा बिज्ञहरुमार्फत अभिमुखीकरण गराइने सो पार्टीले जनाएको छ।

त्यसैगरि योजना बजेट निर्माण सुशासन र राजनीतिक संस्कार बिकासका बिषयमा समेत नवनिर्वाचित सांसदहरुलाई अभिमुखीकरण गराइने नेताहरुले जानकारी गराएका छन्।

अभिमुखीकरण सत्रमा रास्वपाका उपसभापति डीपी अर्यालले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले जित हासिल गरेपनि देश र जनताले जित्न बाँकी रहेको बताए। सवै नेपालीलाई मेरा लागि सरकार छ भन्ने महशुस गराउने गरि भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने गरि काम गर्नुपर्ने उनले बताए।

उपभापति अर्यालले निर्वाचनमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहप्रतिको आशा, भरोषा, विश्वास र क्षमताका कारण जनताको विश्वास प्राप्त भएको उल्लेख गरे। सवैको लगनशीलता, क्षमता राष्ट्रका लागि सम्पदै इतिहास लेख्ने अवसरलाई सदूपयोग गर्न सक्नुपर्ने उनको भनाइ छ।

त्यस्तै रास्वपाका अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा अहिले पार्टीलाई ठूलो जनमत प्राप्त भएको भन्दै सचेत भएर जनप्रतिनिधिहरु देश र जनताका लागि क्रियाशिल हुनुपर्नेमा जोड दिए।

उनले आफूहरु कानून बनाउन आएको र आफ्नै नेतृत्वमा सरकार बन्दा पनि सरकारको कामको समीक्षा, अनुगमन गर्ने, निगरानी गनुपर्नेमा जोड दिए। पदको गरिमालाई न्याय गर्नका लागि सवैले थप मेहनत गर्नुपर्ने उनले बताए।

अभिमुखीकरणमा सहभागीलाई मोवाइल निषेध गरिएको छ। पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरि बुधबार अभिमुखीकरण कार्यक्रम समापन हुने नेताहरुले जनाएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ गरि १८२ सीट हासिल गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.