ठमेलबाट जेनजी आन्दोलनका फरार कैदी पक्राउ
काठमाडौं । जेनजी आन्दोलनमा फरार भएका कैदी ठमेलबाट पक्राउ पक्राउ परेका छन्।
लागूऔषध मुद्दामा १० वर्ष कैद सजाय कायम भई गत असार २२ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका काठमाडौं, तारकेश्वर नगरपालिका-९ मनमैजु बस्ने ३५ वर्षीय मनिष राज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
गत भदौ २४ गतेको जेनजी आन्दोलको क्रममा उनी कारागारबाट फरार रही लुकीछिपि बसिरहेका थिए।
श्रेष्ठलाई सीआईबीबाट खटिएको प्रहरी टोलीले चैत २ गते राति ९ बजे ठमेलबाट पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment