फर्पिङमा ३२२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङस्थित चेकपोस्टबाट ३२२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार निवासी ३१ वर्षीय विवेक कुमार रहेका छन्। प्रहरीका अनुसार बुधबार दिउँसो १ः२० बजे वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना.१ ज. २०२३ नम्बरको टाटा सुमो जाँच गर्ने क्रममा कुमारको साथबाट लुकाइछिपाइ ल्याइएको खैरो हेरोइन फेला परेको हो।
बरामद गरिएको लागुऔषधको प्लास्टिकसहितको तौल ३२२.३०० ग्राम रहेको प्रहरीले जनाएको छ। बरामद लागुऔषध र पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment