हावाहुरीले सर्लाहीमा मकै र गहुँबालीमा ठूलो क्षति, किसान चिन्तित
सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष्ट हुँदा किसानहरू मारमा परेका हुन्।
जिल्लाको चन्द्रनगर गाउँपालिकाका किसान राम ध्यान ठाकुरले आफ्नो करिब दुई कठ्ठा जमिनमा लगाएको मकै पूर्ण रूपमा नष्ट भएको बताए। हावाहुरीले बोटै ढालिदिएपछि उत्पादनको सबै आशा समाप्त भएको उनको भनाइ छ।
त्यस्तै, अर्का किसान रामपुकार महतोको करिब सात कठ्ठामा लगाइएको मकैमध्ये अधिकांश बालीमा क्षति पुगेको छ। ‘हावाहुरीले बाली नै ढालिदियो, अब अपेक्षित उत्पादन नहुने देखिन्छ,’ उनले दुःख व्यक्त गरे।
चन्द्रनगर मात्र नभई जिल्लाका गोडैता, ईश्वरपुर, ब्रह्मपुरी, हरिपुरलगायत विभिन्न क्षेत्रमा सयौं बिघा जमिनमा लगाइएको मकै र गहुँ बालीमा क्षति पुगेको स्थानीयले जनाएका छन्। राम्रोसँग हुर्किरहेको बाली एक्कासि ढलेपछि किसानहरू चिन्तित बनेका छन्।







डिसी नेपाल







Facebook Comment