मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

डिसी नेपाल
४ चैत २०८२ १०:१०
104
Shares

काठमाडौं। कास्कीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-८ जाल्पारोडस्थित विभिन्न खाजा घरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा आइतबार दुईजनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधे श्याम शाह र पोखरा महानगरपालिका-१ बगर बस्ने बाग्लुङ काठेखोला गाउँपालिका-४ घर भएका २८ वर्षीय खेमु थापा रहेका छन्।

प्रारम्भिक अनुसन्धानको क्रममा विभिन्न प्रलोभन देखाई होटेलको काममा लगाई दिन्छु भनी पीडित महिलालाई होटेलमा आउने पुरुषबाट रकम लिई जबरजस्ती रात बिताउन लगाउने, अनैतिक कार्य गर्न लगाउने गरेको खुल्न आएको छ। साथै प्रहरीले चारजना पीडितलाई उद्धार गरेको छ ।

उनीहरू उपर जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.