कविता : धर्म र अध्यात्म

शंकरप्रसाद रिजाल
७ चैत २०८२ ८:५०
12
Shares

धर्म सेवा हो, प्रेम हो र सहानुभूति हो
भने अध्यात्म अनन्त आत्माको खोजी हो
धर्म धारणाको समष्टिगत ब्यबहार हो भने
अध्यात्म आत्मामा लीन हुने परम ध्यान हो।

धर्म र अध्यात्मको मार्ग लामो र अविरल छ
सत्य र न्यायको पथमा चल्ने मार्ग कठिन छ
धर्मले सिकाउँछ प्रेम क्षमा दया करुणा र नम्रता
अध्यात्माले सिकाउँछ आत्म ज्ञान र परम ज्ञान।

मानव जीवनको उद्देश्य आफ्नो स्वधर्मको पालना हो
अध्यात्मको चिन्तनले मानिसलाई कैबल्यमा पुर्याउँछ
धर्म र अध्यात्मको संगमले जीवनलाई दिन्छ नयाँ
दिशा र दर्शन र,
अन्तमा पुर्याउँछ भरिपूर्ण दैविक जीवन।

बर्सात्

आयो घोडा चढी बादल माथि निलो आकासमा
गर्जँदै असिना बोक्दै झारदै तल धरतीमहाँ।

सारा फोहोर बढारिन्छ एक ठाउँमा मुजा परी
झुकेका रुखका हाँगा भाँची जान्छन् धुजाभइ।

बर्सेका छन् असीना गुच्चा साना शिशाहरु
फुट्यो कि शिरको टुप्पोझैं भयका भावनाहरु।

दौडा दौड छ त्यो बाटोमा मानिसहरुको भिड
फर्की फर्की कुदेर हेर्दै के हो त्यो दिनको पिर।

छाता छैन हातमा बर्साती पनि कुनैपनि
हातको रुमालले पुछेका छन् साथमा जेभएपनि।

एकै छिनमा फेरि घाम लाग्यो हर्हरी
हुरीले चुँडियो होला तारका लहरापनि।

बिजुली छैन घरमा उज्यालो घामको पनि
के गरी बसने होला यो अन्धकारको मुनि।

जाउँ त कहाँ जाउँ सुन सान छन् सब
बर्सातको मौसम छ थरथरी काँपदछन् खुब।

ईश्वरको सृष्टिमा हेर जाडो गर्मी दुवैथरी
मिलाई उनले दिन्छन् सबैलाई हुने गरी।

कसैको बसमा छैन झरी घाम हुने कुरा
प्रकृति नै हो मालिक हुने नहुने सबैकुरा।

प्रेमको उचाई र क्षेत्र

प्रेमको उचाई कत्रो छ म नाप्न सक्तिन
मनमा उठेका सब कुरा म गन्न सक्तिन
जहाँ प्रेमको मान छ ती–जीवन्त वहीँ छन्
यसैमा फेरि सब प्राणी जन्जालमा पर्दछन्।

प्रेम एक फूल हो त्यो फूल सरी फुल्दछ
फुलेका सबै फूलहरुले बगैंचा मग मगाउँछ
एउटा फूलको वासनाले वरीपरी सुगन्ध छर्दछ
एउटा प्रेमको सुगन्धले आनन्द मन भर्दछ।

उचाई प्रेमको हेर ब्रम्हापनि त्यो लीन छ
क्षेत्र यसको नापदा फित्ता नै सबै व्यर्थ छ
प्रेममा हुन् केही सीमा यो हाँसी रहन्छ नै
वियोग परदा खेरि प्रेम रोइ रहन्छ नै।

प्रेम चिजको मिलन हो ठूलो सानो छ दुवै
यो जीवन जत्तिको ठूलो छ सानो जत्ति मृत्युको
प्रेमको उचाई पहाड जत्तिको बलियो छ
क्षेत्र यसको नापी हेर्दा आकास जत्रो माप छ।

प्रेमको उचाई र क्षेत्र दुवै एक असीम छ
यसले जीबनमा शक्ति र सार्थकता दिलाउँछ
प्रेमको उचाई र क्षेत्र अनन्त र अनमोल छ
यो भावनाको सागरमा सबैलाई सुन्दर बनाउँछ।

प्रेम बरदान हो जसले जीवनलाई बनाउँछ
यो हल्कामा हल्का हो फुर्तिवान बनाउँछ
प्रेमको उचाइ र क्षेत्र हेर यो कहाँ छ कहाँ
खोजी खोजी ल्याउँदा यो आफ्नै मन भित्र छ।

सुबास प्रेमको हावा कता कता उडी जान्छ या
घुमीफिरी प्रेमकै नगरीमा फेरि फर्की आउँछ यो
प्रेमको उचाई छ ठूलो क्षेत्रपनि त्यसै गरी
मनको भावमा डुब्दा देखिन्छ दुवै एक सरी।

प्रभु हरिको अनौठो माया

लाख जतन गरेरपनि जब सबले हारे
कति प्रयत्न गर्दानि वेदको ज्ञान भएन
सागर मन्थन गरेर प्रभुले नयाँ काम देखाए
समुद्र मन्थनले पृथ्वी सारा डगमगाए।

जब मन्दराचल पर्बत समुद्रमा डुब्न लाग्यो
सबै हाहाकार गरि डराउन र काम्न थाले
प्रथमः एक कक्षप अवतार प्रभुले लिनु भयो
जलमा प्रवेश गरी उहाँले सबै भार उठाउनु भयो।

शंख चक्र गदा पदम लिई प्रभु जलमाथि देखिनु भयो
प्रभुको मायादेखि सबले जयजयकार मनाउनु भयो
मडारिँदो जलमा नागराजाको बिष आगो ज्वाला निस्क्यो
त्यो आगोको ज्वालाले सारा राक्षसहरुको कालो रुप देखियो।

समुद्र मन्थनबाट कालकुट बिख निस्कियो
यसलाई शिवले घुटुक्क निल्दिइ निलकण्ठ बनी दिनुभयो
चन्द्रमा उत्पत्ति भई शिवजीको शिरमा बस्न पुगे
इच्छा कामना पूरा गर्ने कामधेनु गाईको उत्पत्ति भयो।

गौमाता पाएर सबै ऋषिहरुले हरिको महिमा गाए
कस्तो अनौठो माया हरिको कस्तो अनौठो माया
उच्च कोटीको सेतो घोडाको उत्पत्ति भयो
वीर दानबहरुले ती घोडालाई अपनाए।

मन्थनबाट स्वेत एराबत हात्ती प्रकट भयो
हाती गजराज इन्द्रको हातमा सुम्पी मान बढाइयो
कस्तो अनौठो माया हरिको, कस्तो अनौठो माया
फेरि जलबाट कल्पवृक्षको उत्पत्ति भयो।

फेरि पदम राजमणिको उत्पत्ति भयो
त्यो मणिलाई प्रभुले आफ्नै साथ राख्नु भयो
कस्तो अनौठो माया हरिको कस्तो अनौठो माया
रम्भा, तिलोत्तमा अप्सराहरु सबै निस्किए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *