कांग्रेस बैठकमा समीक्षा- चरम गुटबन्दी र वितृष्णाले पराजय भोग्यौं

डिसी नेपाल
६ चैत २०८२ १६:१७
36
Shares

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चरम गुटबन्दी र जनताको वितृष्णाका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ।

आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस गर्दै पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको बताएका हुन्।

‘लोकतन्त्रमा प्रश्नलाई सदैव प्रोत्साहित र फरक मतलाई सदैव सुरक्षित गर्नै पर्दछ तर, पार्टीको आन्तरिक जीवनमा हामीले कतिपय बेला जायज प्रश्नहरूलाई पनि नजरअन्दाज गर्‍यौँ। कतिपय बेला फरक मतका नाममा गुटबन्दीको अभ्यास चर्कैसँग गर्‍यौँ । विभार समूहलाई समर्थन गरिरहँदा विचारलाई होइन व्यक्तिलाई केन्द्रमा राख्यौँ । विमती पनि हामीले तर्कसँग होइन व्यक्तिसँग राख्यौँ,’ उनले भने।

उनले पार्टीभित्रको गुटबन्दीका कारण इमान्दार सदस्यहरू अन्यायमा परेको समेत बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *