इनिशा बिकको हत्या प्रकरणमा अनुसन्धान भइरहेको छ : महानिरीक्षक कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इनिशा बिक हत्या प्रकरणमा तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सुर्खेतको उक्त घटनामा कानुनलाई अक्षरशः पालना गर्दै तथ्य र प्रमाणको आधारमा अनुसन्धान भइरहेको बताएका छन्।
कार्कीले पीडित परिवारसंग निरन्तर सम्पर्क भइरहेको र दोषिलाई कारवाहीका साथै न्याय पाउनुपर्ने आवाजको सुनुवाई हुने प्रतिवद्धता जनाउनुभयो । अनुसन्धानका लागि प्रयाप्त रुपमा परिचालन गरिएकाले छिटै उक्त घटनाको निष्कर्ष बाहिरर आउने उनको भनाइ छ।
त्यस्तै प्रहरी महानिरीक्षक कार्कीले सवै नागरिकले बराबरको हक अधिकार प्राप्त गर्नुपर्ने भन्दै सबै किसिमको विभेदका विरुद्ध कानून बमोजिम अघि बढ्ने समेत बताए।







डिसी नेपाल







Facebook Comment