कांग्रेसमा देउवा-कोइराला समूहले बोलायो छुट्टै केन्द्रीय समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसमा पुन: विवाद बल्झिन थालेको छ। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहँदा शेरबहादुर देउवा र शेखर कोइराला समूहले छुट्टै केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
देउवा-कोइराला समूहले पुरानो केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। आज बिहान नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा धुमबाराहिमा बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ।
देउवा-कोइराला समूहको केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई भने बोलाइने छैन।
यसअघि पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले थापा र शर्मालाई कारबाही गरेकोले उनीहरूलाई बैठकमा बोलाइने छैन।
देउवा-कोइराला समूहले पार्टीको विशेष महाधिवेशनविरुद्ध अदालतमा दायर गरेको मुद्दा विचाराधीन रहेको छ।
आजको कार्यसम्पादन समिति बैठकमा नेताहरू खड्का, शेखर कोइराल, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, बालकृष्ण खाण, ज्ञानेन्द्र बहादुर कार्की, प्रकाशशरण महत, मीनेन्द्र रिजाल, धनराज गुरुङ, जीवन परियार र बद्री पाण्डेलगायत सहभागी थिए।







डिसी नेपाल







Facebook Comment