भक्तपुरमा मेडिकल कलेज पब्लिक लिमिटेडको अस्पताल युनिट–२ को उद्घाटन

डिसी नेपाल
८ चैत २०८२ १६:३१
76
Shares

काठमाडौं। भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको अस्पताल युनिट–२ को उद्घाटन गरिएको छ।

आइतबार आयोजित समुद्घाटन समारोहमा बोल्दै कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्माले यो अस्पताल साधारण नभई ‘सुपर स्पेस्यालिटी’ सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको बताएका छन्।

उनले भने, ‘यो सामान्य खालको अस्पताल होइन। यसले वरिपरिका साना अस्पतालमा सम्भव नहुने उपचार सेवा उपलब्ध गराउँछ। यसअघि यस्ता सेवा काठमाडौंको रिङरोड भित्रका सीमित अस्पतालमा मात्र सम्भव थियो, अब दुवाकोटबाटै उपलब्ध हुनेछ।’

शर्माका अनुसार आकस्मिक अवस्थामा हुने ढिलाइलाई कम गर्न अस्पताल स्थापना गरिएको हो।

‘यहाँ कसैलाई हृदयघात भयो भने एम्बुलेन्स बोलाउनमै १५ मिनेट लाग्छ, जाम नभए पनि केएमसी पुग्न आधा घण्टा, गंगालाल वा टिचिङ पुग्न एक घण्टाभन्दा बढी समय लाग्छ। त्यो समय खेर नजाओस् भनेर १०–१५ मिनेटमै उपचार सम्भव बनाउने उद्देश्यले यो अस्पताल खोलेका हौं,’ उनले भने।

उनले अस्पतालमा आधुनिक प्रविधिमार्फत जटिल मस्तिष्कसम्बन्धी उपचार पनि सम्भव हुने बताए।

‘टाउकोको नसामा ब्लकेज वा समस्या आएमा खप्पर नचिरीकन हात वा खुट्टाको नशाबाट तार र बलुन प्रयोग गरेर गिदीसम्म पुगेर उपचार गर्ने सुविधा यहाँ उपलब्ध गराइनेछ,’ उनले जानकारी दिँदै भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *