पूर्व सचिवसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति गर्दा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका तत्कालीन सचिव केदाबहादुर अधिकारी, नेपाल नगारिक उड्ययन प्राधिकरणका तत्कालिन महानिर्देशकहरु संजिव गौतम, राजन पोखरेल र प्रदिप अधिकारीसमेत गरि २१ जना, ठेकेदार कम्पनी चाईना सिएएमसी ईन्जिनियरिङ कम्पनी लिमिटेड र परामर्शदार्ता ईआरएमसी/ए–नट/स्लेट जेभीउपर सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुरयाई भ्रष्टाचार गरेको भनेर अख्तियारले आज आरोपपत्र विशेष अदालतमा दायर गरेको हो।
अख्तियारले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ४६ करोड १५ लाख ८४ हजार ४२४ रुपैयाँ विगो दावीसहित उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो।









डिसी नेपाल







Facebook Comment