सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन
रामेछाप। रामेछापको सुनापति गाउँपालिका-१ गुन्सीमा निर्माण गरिएको प्रसूति केन्द्रको भवन सञ्चालनमा नै नआई भत्किएको छ।
संघीय सरकारको बजेट करिब २ करोडको लागतमा निर्माण भएको सो भवन प्रयोगमा नै नआई भत्किएको हो।
स्वास्थ्य चौकीको भवनको तल्लोपट्टिको चौर खारेर बनाइएको भवनको मुनि खनिएको सडक र माथिबाट खारेको दुवैतिरबाट पहिरो चलेपछि पहिरोले तानेर र पुरिएर भवन भत्किएको हो।
दुई तल्ले सो भवनको जगदेखिको भाग पहिरोको कारण भत्किएर चिरा–चिरा परेको छ। भवनको माथिबाट पनि पहिरो झरेर भवनमा क्षति पुर्याएको छ।
सो भवनसँगै रहेको शौचालयको पर्खाल चिरिएर भत्कन ठिक्क परेको छ। शौचालयको भवन जगसहित बगेको छ।
वडाध्यक्ष ध्रुव चौलागाईँका अनुसार गत वर्ष र यस वर्षको वर्षाको बेला परेको अविरल वर्षाको कारण भवन बनाएको ठाउँ बगेको हो। नयाँ बनेको भवन प्रयोग गर्न नपाई क्षति पुगेपछि साँघुरो कोठामा प्रसूति केन्द्र सञ्चालन गर्नुपरेको उनले बताए। ‘यो भवनमा छिर्न सक्ने अवस्था नै छैन, हामीलाई एउटा भवनको अति आवश्यक छ,’ चौलागाईँले भने।







डिसी नेपाल







Facebook Comment