पाथीभरा दर्शन गर्न आएका एक बालकको मृत्यु

डिसी नेपाल
९ चैत २०८२ २०:३८
108
Shares

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको आज (सोमबार) मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले पाँचथरको हिलिहाङ गाउँपालिका-२ निवासी हरि श्रेष्ठका छोरा सोहनको मृत्यु भएको जानकारी दिए।

उनका अनुसार अभिभावक र आफन्तसँग पाथीभरा दर्शनमा आएका बालक फर्कने क्रममा बाटोमै अचानक बिरामी परेकामा तत्काल जिल्ला अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार बालक निमोनियाबाट पीडित रहेको बुझिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *