बहुउद्देश्यीय हलको भौतिक पूर्वाधारको काम सकियो, प्राविधिक काम धमाधम

डिसी नेपाल
१० चैत २०८२ १३:३७
4
Shares

काठमाडौं। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बहुउद्देश्यीय हलको भौतिक पूर्वाधारको काम सम्पन्न भएपनि प्राविधिक काम बाँकी रहेको बताएका छन्।

मंगलबार नयाँ संसद भवनस्थित बहुउद्देश्यीय हलको अवलोकन गर्दै उनले हालको प्राविधिक तयारी भोलि बेलुकासम्म पूरा हुने अपेक्षा गरिएको छ। उनले सुरक्षा व्यवस्थापनको काम भने सम्पन्न भइसकेको जानकारी दिए।

उनले भने, ‘भौतिक पूर्वाधारको काम सकिएपनि प्राविधिक काम बाँकी छ। जुन भोलि बेलुकासम्म तयार हुन्छ। सुरक्षाको व्यवस्थापनको काम पनि सकिएको छ । राम्रो र गुणस्तर सेवामा चाँही समस्या देखिएको छ । सभामुखको कुर्सी, सचिवालय स्थानदेखि सबै सानो आकारमा छ।’

गिरीले सेवा तथा गुणस्तरका केही पक्षमा भने सुधार आवश्यक रहेको उल्लेख गरे। उनले हालका लागि अर्को विकल्प नभएको स्पष्ट पार्दै प्रतिनिधिसभाको स्थायी हल कहिले निर्माण सम्पन्न हुन्छ भन्ने निश्चित अवस्था नरहेको बताए।

निर्माण कार्य जारी रहेकाले सांसदहरूको सपथ ग्रहण र पहिलो अधिवेशन यही बहुउद्देश्यीय हलमै सञ्चालन हुने सम्भावना रहेको उनको भनाइ छ।

‘हामीसँग अर्को विकल्प थिएन र छैन पनि। प्रतिनिधिसभाको हल कहिले बन्छ भनेर भन्न सकिने अवस्था पनि छैन। निर्माण कार्य जारी नै छ। सपथ यही र पहिलो अधिवेशन यही नै बित्ने जस्तो देखिन्छ।’

सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद् भवनको छैटौँपटक म्याद थपेर निर्माणको काम भइरहेको छ।

२१ फागुनको निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित सांसदले निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा विहीवार शपथ लिँदैछन्। सांसदहरूलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराउने कार्यक्रम छ। केसीले २७४ सांसदलाई शपथ गराउने कार्यसूची तय भैसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *