पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

डिसी नेपाल
११ चैत २०८२ २१:२५
964
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई रकम भुक्तानी गर्न नसक्दा आपूर्ति व्यवस्थापन नै प्रभावित हुने भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको हो। बढेको मूल्य बिहीबार बिहान १२:०१ बजेदेखि लागू हुनेछ।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य अकासिएपछि निगमले आफू आर्थिक संकटमा फसेको जनाएको छ। पछिल्लो १५ दिनमै ५ अर्ब घाटा व्यहोरेको भन्दै निगमले आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने प्रक्षेपण गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *