अमेरिकाले सन्देश पठाउन थालेको छ : इरान

डिसी नेपाल
१२ चैत २०८२ १२:२८
260
Shares

काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराघचीले भनेका छन् – ‘केही दिनदेखि अमेरिकाले विभिन्न मध्यस्थकर्ताहरू मार्फत सन्देश पठाउन थालेको छ।’

इरानको सरकारी टिभीसँगको अन्तर्वार्तामा अराघचीले यो भनाइ दिएका हुन्।

उनले भने – सन्देशहरू “मित्र देशहरू मार्फत पठाइएको” थियो, र इरानले “आफ्नो अडान व्यक्त गर्दै र चेतावनी जारी गरेर” प्रतिक्रिया दियो।

“यो न त कुनै वार्ता हो, न कुनै सौदाबाजी, न त्यस्तै केही हो,” अराघचीले भने।

उनले भने – इरानको नीति आफ्नो रक्षा गर्ने नै छ र “अहिले वार्ता गर्ने कुनै मनसाय छैन।”

अराघचीले थप भने, “यो इजरायलको युद्ध हो र अमेरिकासँगै यस क्षेत्रका जनताले यसको मूल्य चुकाइरहेका छन्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *