शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि पार्टी आन्तरिक बैठकहरूको तयारी तीव्र रूपमा अघि बढेको बताएका छन्।
उनका अनुसार आज(विहीबार) अपराह्न ४ बजेदेखि केन्द्रीय समितिको बैठक बस्नेछ भने त्यसलगत्तै ५ बजे संसदीय दलको बैठक आयोजना गरिनेछ।
‘नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणपश्चात अब राष्ट्रिय स्वतन्त्र पार्टी ४ बजेदेखि हुने केन्द्रीय समितिको बैठक तयारीमा जुटेको छ। त्यसलगत्तै ५ बजे संसदीय दलको बैठक हुनेछ,’ उनले भने।
बैठकका लागि वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। शपथ ग्रहण कार्यक्रम सकिएसँगै केन्द्रीय समितिका सदस्यहरू कार्यालयतर्फ आउने क्रम जारी रहेको प्रवक्ता झाले जानकारी दिएका छन्।







डिसी नेपाल







Facebook Comment