रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

डिसी नेपाल
१२ चैत २०८२ १९:२८
24
Shares

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।

बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा भगवानपुर टोलस्थित भित्री सडक खण्डमा अमेरी मस्जिदबाट कबरी स्थानतर्फ जाँदै गरेको ना ६ त ५४४० नम्बरको ट्याक्टर अनियन्त्रित भएको थियो।

दुर्घटनामा परी मामाघरमा बसिरहेका ८ वर्षीय बालक शेख सादिकको मृत्यु भएको हो। भारतको मोतिहारी जिल्ला घर भएका सादिक स्थानीय शेख ममताज मुसतुफा (मामा) को घरमा बस्दै आएका थिए।

शेख वजिलको घरमा खेलिरहेको अवस्थामा ट्याक्टरले ठक्कर दिँदा सादिकको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल गौर पुर्याइए पनि चिकित्सकले दिउँसो ३ः१५ बजे मृत घोषणा गरेका थिए। मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ।

दुर्घटनालगत्तै ट्याक्टर चालक फरार भएका छन्। उनको पहिचान खुल्न बाँकी रहेको र खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *