दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

डिसी नेपाल
१३ चैत २०८२ ७:२६
584
Shares

दाङ। घोराही उपमहानगरपालिका-१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो।

गम्भीर घाइते भएका मोटरसाइकल चालक घोराही-१० का धनबहादुर घर्तीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *