बलात्कार आरोपमा एमालेका पूर्वसभासद पक्राउ

डिसी नेपाल
१४ चैत २०८२ १५:४८
12.8k
Shares

काठमाडौं । नेकपा एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन्।

मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

मल्लविरुद्ध फागुन ५ गते बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा उनी पक्राउ परेका हुन्।

मल्ला पूर्वसंविधान सभा सदस्य हुन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *