ओली-लेखकको पक्राउ कानुनी राज्यको सिद्धान्तविपरीत : नेविसंघ

डिसी नेपाल
१४ चैत २०८२ १७:५३
100
Shares

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ कानुनी राज्यको आधारभूत सिद्धान्तविपरीत रहेको बताएकाे छ।

नेविसंघका प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति जारी गर्दै यस्ताे बताएका हुन्। कांग्रेस नेता लेखकलाई पक्राउप्रति विराेध जनाउँदै उनले सरकारले गरेको निर्णय फिर्ता लिन माग गरेका छन्।

उनले पक्षपातपूर्ण निर्णय जबर्जस्ती कार्यान्वयन गर्न खोजे प्रतिवादमा उत्रिने चेतावनी पनि दिएका छन्। ‘यो निर्णय कानुनी राज्यको आधारभूत सिद्धान्तविपरीत छ। संघ उक्त निर्णय तुरुन्त खारेज गर्न माग गर्दछु’, विज्ञप्तिमा भनिएको छ, ‘यस्ता पक्षपातपूर्ण निर्णयहरू जबर्जस्ती कार्यान्वयन गर्न खोजिए कडा प्रतिवाद गर्ने जानकारी गराउँदछु।’

नैतिक वा राजनीतिक जिम्मेवारी र फौजदारी दायित्व एउटै होइन भन्ने भेद नबुझी कोही कसैलाई पक्राउ र अभियोजन गर्नु राजनीतिक प्रतिशोध रहेको नेविसंघको ठहर छ।

‘भदौ २३ र २४ गतेका घटनाहरूको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्षको पूर्वनिर्धारित धारणा अनुसार नै प्रतिवेदन सार्वजनिक भएको र फलस्वरूप उक्त प्रतिवेदन अपूर्ण, प्रतिशोधपूर्ण र त्रुटिपूर्ण व्याख्यामा आधारित छ। नैतिक वा राजनीतिक जिम्मेवारी र फौजदारी दायित्व एउटै होइन भन्ने भेद नबुझी कोही कसैलाई पक्राउ र अभियोजन गर्नु राजनीतिक प्रतिशोध मात्र हो’, विज्ञप्तिमा भनिएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *